मगर भाषाको चलचित्रकी नायिका योरुनाका हत्यारा पक्राउ यौन सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि हत्या भएको पुष्टि ,
काठमाडौं, २५ माघ । मगर भाषाको चलचित्रकी नायिका योरुना पुन ‘नेहा’को हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । हत्यामा संलग्न पोखरा नयाँ सडकका सतिश खड्गीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यौन सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको कास्की प्रहरीले जनाएको छ । मृतक पुन पोखराको न्युरोडमा रहेको स्माईल क्याफेमा लेखामा कार्यरत हुनुहुन्थ्यो । माघ १९ गते बिहान घरनजिकै नेहाको शव फेला परेको थियो । खड्गी नाताले धर्म दाई भएको प्रहरीले जनाएको छ ।